मंगलबार , असार ३, २०८२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताएका छन्।

पार्टीको केन्द्रीय कमिटीको बैठक उद्घाटन गर्दै मंगलबार अध्यक्ष नेपालले यस्तो बताएका हुन्। नेकपा एमालेबाट बाध्य भएर विद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले यो कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताए।

उनले पार्टीले नराम्रा कुराहरुलाई पन्छाएर राम्रा कुराहरुलाई मिलाउने पनि भएको बताए। अध्यक्ष नेपालले पार्टी अब जनताको आवश्यक्ताअनुसार हिँड्ने बताएका छन्। उनले नेकपा एकीकृत समाजवादी पार्टीले परिवर्तनकारी धारको अगुवा शक्ति बन्‍ने दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘हामीले बाध्य भएर विद्रोह गर्नुपरेको हो, यो हाम्रो निरुन्तरता र परिवर्तन पनि हो, यसलाई भन्छन् कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता हो यो, तर विगतमा भएका कमीकमजोरीलाई पन्छाउँदै हामी अघि बढ्छौँ, राम्रा कामहरुलाई मिलाउँछौँ, राम्रा कुरालाई साथमा लिएर जान चाहन्छौं। अब जनताको चाहनाहनुसराको काम हुन्छ, हामी यथास्थिती, परिवर्तनवादी धारको अगुवा शक्तिको रुप बनेर देखाउनेछौँ, हामी व्यक्तिवाद, अधिकारवाद, निरंकुश प्रवृत्ति विकृति,विस)गतीको प्रवृत्तिलाई हटाउनेछौँ, राष्ट्रिय पूँजीवादलाई प्रोत्साहन दिन चाहन्छौँ, हामी देशभक्तिको झण्डा बोक्न चाहन्छौँ, हामी विधि, पद्धतीलाई मान्छौँ, स्वेच्छाचारितालाई अन्त्य गर्नेछौँ, हामी विज्ञान प्रविधिको व्यापक प्रयोग गर्नेछौँ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम र प्रदेश दुईमा नेकपा एमाले भन्दा ठूलो भएर संसदमा रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP