शनिबार , भाद्र १३, २०८३

अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ ।

तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै छात्राहरूले गुनासो गरेपछि तालिबानले उनीहरूलाई चाँडै विद्यालय बोलाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

त्यहाँकाे शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरूलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरूले चिन्ता व्यक्त गरेका छन् । सूचनामा हजारौँ छात्राको पढाइ तथा भविष्यका बारेमा केही उल्लेख नगरिएको भन्दै शिक्षिका तथा छात्राले आफूहरूलाई पनि विद्यालय जान पाउने व्यवस्था गर्न माग गरेका थिए ।

शिक्षिका तथा छात्रालाई विद्यालय नबोलाइएको बारेमा विश्व समुदायले समेत चासो राखेपछि तालिबान उनीहरूलाई चाँडै बोलाउने प्रतिबद्धता जनाउन बाध्य भएको हो ।

संयुक्त राष्ट्र सङ्घीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धि भएको बताएका छन् । तर तालिबान समूहले छात्रालाई विद्यालय जान नदिएर ती उपलब्धि गुम्ने खतरा बढिरहेका बेला उसले बालिकाहरूलाई पनि चाँडै विद्यालय बोलाउने बताएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP