मंगलबार , बैसाख २९, २०८३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुई प्रकारको राजनीतिक धार विद्यमान रहेको निचोड निकालेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एमालेलाई उनले ओली गुटको संज्ञा दिएका छन् । ओलीले राजतन्त्रपरस्त शक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोचको प्रतिनिधित्व गरिरहेको उनको ठम्याइ छ ।

“मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार विद्यमान छन् । एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच जसको मुख्य प्रतिनिधित्व कपी ओली गुटले गरिरहेको छ । अर्को बाम लोकतान्त्रिक समिकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिष्ट पार्टी एकीकूत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी पेन्द्र नेपाली कांगे्रस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेको छ,” प्रतिवेदनमा उल्लेख छ,“ वाम लोकतान्त्रिक समीकरणमा सामेल राजनीतिक दलहरुको वर्गाधार र वर्ग चरित्र फरक फरक भएता पनि यिनीहरूले लोकतन्त्रको रक्षा गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा महमत भएर मोर्चावन्दी गरी सहकार्य गरिरहेका छन् ।”

उनले वर्तमान मोर्चाबन्दीलाई कम्तिमा प्रतिनिधिसभाको पूर्णकालभरी र आगामी चुनाव तथा स्थानीय तहसम्म जारी राख्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP