मंगलबार , अषोज २७, २०८३

इन्डियन प्रिमियर लिग क्रिकेटमा कोलकता नाइटराईडर्सले सानदार जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ९ विकेटको जित दर्ता गरेको हो । बैंग्लोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकताले १० ओभरमै पुरा गरेको थियो ।

कोलकताको जितमा शुभमन गिलले ४८ तथा आईपीएलमा डेब्यु गरेका बेंकटेश अय्यरले ४१ रनको नटआउट पारि खेलेका थिए । टस जितेर पहिला ब्याटिङ गरको बैंग्लोर ९२ रनमा समेटिएको थियो । कोलकताका लागि बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान तीन तीन विकेट लिएका थिए ।९३ रनको लक्ष्य पछ्याएको कोलकताले शुभमन गिल र वेंकटेशले आक्रामक पारि खेल्दै ९.१ ओभरमा ८२ रन बनाएका थिए । उनलाई ३४ बलमा ४८ रन बनाएका बेला युजबेन्द्र चहलले आउट गरेका थिए । त्यसपछि क्रिजमा आएका आन्द्रे रसेलले कुनै पनि बल फेस गर्न पाएनन भने बेंकटेशले खेल जिताएका थिए ।

पहिलो पारिमा बैंग्लोरका लागि देबदत्त पड्किलले सर्वाधिक २२ रन बनाउँदा श्रीकर भारतले १६ रनको योगदान गरे । हर्सल पटेलले १२ रन जोड्दा ग्लेन म्याक्सवेलले १० रन बनाए ।

यो खेलमा कप्तान कोहलीले ५ रन मात्रै बनाए । उनले रेकर्ड भने बनाएका छन् । एउटै फ्रेन्चाइज टिमबाट २०० आईपीएल खेल्ने रेकर्ड बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP