आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको उल्लेख गरेका थिए।

प्रधानमन्त्री देउवाले विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिद, कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न तथा भूकम्प पछिको पुनर्निर्माणलगायत क्षेत्रमा गरेको सहयोगका लागि उपाध्यक्ष सेफरलाई धन्यवाद दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले बताए।

विश्व बैंकको सहयोगमा हाल नेपालमा दुई दर्जन बढी विभिन्न आयोजना सञ्चालित छन्।

उनले विगतमा नेपालको कार्यक्षेत्र मात्र हेर्ने गरी विश्व बैंकको कार्यालय स्थापना भएकामा गत वर्षदेखि नेपाल, भूटान र श्रीलङ्काको समेत कार्यक्षेत्र हेर्ने गरी उपक्षेत्रीय कार्यालयमा स्तरोन्नति गरिएकामा खुसी व्यक्त गरेका थिए।

प्रधानमन्त्री देउवाले नेपाल सरकार सुशासनप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै जलवायु परिर्वतनको प्रभाव न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको र आगामी दिन वातावरण सुधारका लागि थप व्यवस्थित रूपमा कार्य अघि बढाउने गरी प्रणालीको विकास गरेकोसमेत अवगत गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP