मंगलबार , बैसाख २९, २०८३

एमाले महासचिव ईश्वर पोखरेलले पार्टीबाट माधव नेपाल समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको स्वतः अन्त्य नहुने निष्कर्ष निकालेका छन्।

असोज १५ देखि १७ गतेसम्म हुने प्रथम विधान महाधिवेशनका लागि तयार पारिएको संगठनात्मक प्रस्ताव मस्यौदामा महासचिव पोखरेलले यस्तो निष्कर्ष निकालेका हुन्।

५३ पृष्ठ लामो प्रतिवेदनमा महासचिव पोखरेलले माओवादी केन्द्रसँगको एकतापछि पार्टीभित्र संगठनात्मक अराजकता देखा परेको उल्लेख गरेका छन्।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा रहेको रहेको व्यक्ति केन्द्रित अवसरवाद र उनको नेतृत्वमा माओवादी आन्दोलनमा रहेको व्यक्ति केन्द्रित अवसरवाद र उनको नेतृत्वमा माओवादी आन्दोलनमा हुर्किएको संगठनात्मक अराजकता नेकपा एमालेभित्रको समूह बन्दीमा अन्तर्घुलन हुने र पार्टी र आन्दोलन नै संकटमा पर्ने अवस्था सिर्जना भयो,’ पोखरेलले भनेका छन्।

परिवर्तित राजनीतिक व्यवस्थाको कारण देखाउँदै उनले १० बुँदे सहमति कार्यान्वयनमा समस्या हुने समेत बताएका छन्।

‘१० बुँदे सहमति कार्यान्वयनपछि पार्टी काममा क्रियाशील रहेका कार्यकर्ताको व्यवस्थापनमा प्रक्रियागत जटिलता थपिएको छ,’ उनले भनेका छन्, ‘जेठ २ को पूर्वअवस्थाको मान्यताले संविधानसभाको समयमा तयार भएको वैधानिक व्यवस्था यथावत रहने परिस्थिति सिर्जना भएको छ।’

विगतमा जस्तो दुई कार्यकाल भन्दा बढी एकल नेतृत्वमा रही काम गरिसकेको व्यक्तिलाई पुनः अध्यक्ष वा मुख्य कार्यकारी पदमा उठ्ने अनुमति दिन नहुने प्रस्ताव पोखरेलको छ।

‘पार्टीमा तीन कार्यकालभन्दा लामो समयसम्म एकल र शक्ति सम्पन्न कार्यकारी अधिकारसहितको महासचिवको भूमिकामा कार्यरत रहेका माधवकुमार नेपाललाई अध्यक्षको उत्पन्न गतिरोध र समस्याबाट हामी सबैले गहन पाठ सिक्नु आवश्यक छ,’ संगठनात्मक प्रतिवेदनमा भनिएको छ, ‘सत्तरी वर्षको उमेर हदलाई सत्तरी वर्ष पुरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत् राख्नु उपयुक्त हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP