मंगलबार , असार ३, २०८२

मार्क नोबलले खेलको इन्जुरी समयमा पेनाल्टी गोल गर्नबाट चुक्दा म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्यामलाई पराजित गरेको छ । आइतबार युनाइटेडले २–१ को जीत निकाल्दै प्रिमियर लिगमा यो सिजन आफ्नो अपराजित यात्रालाई कायम राखेको हो ।

खेलमा अग्रता भने वेस्ट ह्यामले लिएको थियो । साइद बनेरामाले खेल ३० औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, लगत्तै क्रिस्टियानो रोनाल्डोले युनाइटेडका लागि बराबरी गोल फर्काए । आफ्नो पुरानो क्लबमा फर्किएपछि रोनाल्डोले ३ खेलमा ४ गोल गरिसकेका छन् ।

बराबरीतर्फ अग्रसर खेलको ८९ औँ मिनेटमा जेसे लिन्डगार्डले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै युनाइटेडलाई खेलमा पहिलोपटक अग्रता दिलाए । गत सिजन उनले वेस्ट ह्याममा लोनमा बिताएका थिए । इन्जुरी समयमा लुक शले ह्यान्ड बल गरेपछि वेस्ट ह्यामले पेनाल्टी पायो । जसलाई नोबलले गोलमा परिणत गर्न सकेनन् ।

५ खेलपछि युनाइटेडले ४ खेलमा जीत र १ मा बराबरी गर्दै १३ अंक बटुलेको छ । गोल अन्तरको आधारमा टोली लिगको तेस्रो स्थानमा छ । वेस्ट ह्याम भने ८ अंकसहित लिगको आठौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP