मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल असोज ०४ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि– पूर्णिमा, ,रातको ०४ बजेर ५५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाभाद्रपदा, रातको ०४ बजेर ४५ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग– शूल, बेलुकी ०५ बजेर १० मिनेट उप्रान्त गंड । करण– भद्रा, बेलुकी ०४ बजेर ५७ मिनेट उप्रान्त बव, रातको ०४ बजेर ४५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–कुम्भ,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त मीन ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान ३० घडी २४ पला । पञ्चक, पूर्णिमाव्रत, चेपाङ चोनापर्व, इन्द्रदहस्नान, यँयापुन्हि, भ।पु। सिद्धपोखरीमेला, वंगयारमंगया ।मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्राकृतिक स्रोत साधन,सरकारी स्रोत तथा अन्य भौतिक सम्पत्तिको प्रयोग मार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरूबाट सहयोग पाइने छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा उधारो लगेर नतिर्नेहरू हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । विभिन्न भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने अवसर आउनेछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन जानेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा आलोचनाको शिकार हुने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विभिन्न अवसरहरूको उपयोग गरी यथेष्ट धन तथा सम्पत्ति कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP