सोमबार , अषोज २६, २०८३

सैनामैना । सैनामैना नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकाले पशुपालनमा नगरबासीहरुका निम्ति यथेष्ट योजना तथा कार्यक्रम तर्जुमा गरी वजेट विनियोजन गरेको बताए । उक्त कुरा उनले युनेस्कोको आर्थिक सहयोग,सैनामैना नगरपालिका र केपीन,बुटवलको संयोजनमा सञ्चालित तीन सय ९० घण्टे तालिम लिएका सामुदायिक पशुसेवा सहायकहरुलाई प्रमाण पत्र वितरण गर्दै भनेका हुन् ।

उनका अनुसार नेपालीहरु मासुमा आत्मनिर्भर हुन नसकेको अवस्थामा सैनामैनालाई मासुमा आत्मनिर्भर गराउन पशुपालनमा जोड दिएको बताउँदै सामुदायिक पशुसेवा सहायकहरुको ज्ञान,सीप र क्षमता त्यसै क्षेत्रमा लगाउनु पर्नेमा जोड दिए । दक्ष प्राविधिक जनशक्ति निर्माण गर्दै नगरबासीहरुलाई शिक्षित,रोजगारमुखी र उद्यमशील बनाउँदै बेरोजगारमुक्त नगर बनाउने अभियानमा आफूहरु क्रियाशील रहेको बताए ।

यस वर्षमात्र बाख्रापालनमा ३० लाख वजेट विनियोजन गरिएको बताउँदै कुखुरापालन,गाईभैसी र अन्य पशुपालनका लागि प्रशस्त वजेट छुट्टाइएको बताउँदै पशुपालनमा लाग्न चाहनेहरुका निम्ति सैनामैना उत्तम रहेको उल्लेख गरे । आफ्नो नगरपालिकाले नगरभित्रका बासिन्दाहरुलाई पशुपालन सम्बन्धी आर्थिक,प्राविधिक एवम् भौतिक सहयोग गर्दै आएको बताउँदै पशुपालनमा सैनामैनालाई रोलमोडल नगरपालिका बनाउन आफूहरु आत्तुर रहेको समेत नगरप्रमुखले बताए ।

कार्यक्रममा सामाजिक उद्यमी दलबहादुर गुरुङले युवाहरुले आफ्नो ज्ञान,सीप र क्षमतालाई सकेसम्म आफ्नै गाउँघरमा सिर्जनात्मक तरिकाले सदुपयोग गर्न सके नगरको योजना,कार्यक्रम र विकास सफल हुने बताउँदै आफ्नो पौरख आफ्नै भूमिमा भन्ने नारालाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । सहभागीहरुका तर्फबाट दिनेश घिमिरे र सीता पोखरेलले आफूहरुलाई तालिम दिने युनेस्को,सैनामैना नगरपालिका र केपीन,बुटवललाई कृतज्ञता प्रकट गर्दै एडभान्स तालिमका लागि नगरप्रमुखसँग अनुरोध समेत गरेका छन् । कार्यक्रममा २० जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना मगर,प्रशिक्षकहरु शिशिर घिमिरे र दुर्गादेवी नेपालीको उपस्थिति रहेको थियो । केपीनका सहयोगी उषा गैरेको सञ्चालन र प्रिन्सिपल मीन रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP