मंगलबार , बैसाख २९, २०८३

डाक्टर गोविन्द केसी अमेरिका पुगेका छन् । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन केसी अमेरिका पुगेका हुन् ।

सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् ।

२१, सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको केसीले विज्ञप्ति मार्फत जनाएका छन् ।

२० र २१ सेप्टेम्बर दिउसो १ बजे देखि ४ बजेसम्म राष्ट्रसंघको भवन परिसरमा प्रदर्शन गर्न लागिएको हो ।

विज्ञप्तिमा उनले भनेका छन्–‘यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास मैले लिएको छु । प्रदर्शनीका क्रममा हामी संयुक्त राष्ट्रको नियमका साथै कोभिड १९ का लागि सिडिसी, अमेरिकाका प्रोटोकलको कडाई संग पालन गर्नेछौं ।’

संयुक्त राष्ट्र संघ न्यूयोर्क कार्यालय अगाडि गर्ने कार्यक्रममा नेपाली समुदाय तथा सबै संचारकर्मीलाई सहभागी हुन आग्रह समेत गरेका छन् ।
एक विज्ञप्ती जारी गर्दै उनले एक दशकदेखि नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेको र सत्याग्रह आन्दोलनमा नागरिक समाजका सदस्यहरुको पनि सहयोग र सद्भाव रहेको चर्चा गरेका छन् ।

उनले सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा न्यायोचित पहुँच सुनिश्चित गर्नु नै आन्दोलनको उदेश्य रहेको बताएका छन् । विज्ञप्तिमा नेपालका पछिल्ला सरकारहरूबाट भएका अनेक अवरोध र धोका पूर्ण कार्यका बावजुद पनि सत्याग्रह मार्फत स्वास्थ्य तथा शिक्षा क्षेत्रहरुमा केही महत्वपूर्ण उपलब्धीहरु हासिल भएको उल्लेख गरेका छन् ।

उनले स्वास्थ्य क्षेत्र सुधारका लागि १९ औं पटकमा २ सय ५५ दिन अनशन आन्दोलन गर्नुपरेको बताएका छन् भने युद्धग्रस्त यमनका जनताहरुलाई तीन महिना सेवा दिएको र म्यानमारबाट विस्थापित रोहिंग्या शरणार्थीहरुलाई बंगलादेशमा सेवा दिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP