मंगलबार , बैसाख २९, २०८३

हाइप्रोफाईल व्यक्तिलाई दाङको घोराही उप–महानगरपालिका स्थित होटलमा बोलाएर ‘बार्गेनिङ’ गर्ने ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१५ बस्ने ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुस्मा परियार छन् ।

साउन ६ मा उनीहरुले घोराही–१५ स्थित कोहिनुर रेष्टुरेण्टमा भद्र बहादुर जैसी (परिवर्तित नाम) लाई फोन गरेर ‘घरायसी विषयमा सल्लाह लिन’ भनेर बोलाए । उनीहरुले बियर र मासु खाँदै गफ गरेका थिए । होटलबाट हिँड्ने बेलामा भद्र बहादुर शौचालय गए । फर्किँदा सितादेवी थापा ओछयानमा पल्टिरहेकी थिइन् ।

भद्रबहादुरले सितादेवीलाई उठाउन खोज्दा उनले गाली गर्न थालिन् । खुमा ओलीले फोटो खिचिन् । सितादेवीले गाली गरिन्–‘मेरो ईज्जतमा हात हाल्ने, बलात्कारको मुद्दा हाल्छु ।’

अचानाक त्यस्तो व्यवहार भोग्नुपर्दा भद्रबहादुर छाँगाबाट खसेजस्तै भए । साउन ७ मा खुमा ओलीले फोन गरेर ‘मुद्दा दर्ता गर्न दिँदैनौं छलफल गरौं’ भन्न थालिन् । छलफल गर्ने नाममा सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लजमा बोलाएर उनीहरुले त्रास देखाएर ५० लाख मागे । छलफलबाट १८ लाख लेनेदन गर्ने सहमती भएको थियो ।

उनीहरुले १ लाख नगद लिएर १७ लाख बराबरको सिभिल बैंकको चेक जबर्जस्ती काट्न लगाएको अनुसन्धानबाट खुलेको दाङका एसपी सुरेश काफ्लेले बताए । सितादेवीको समूहले यसअघि पनि ‘पैसावाल’लाई हनी ट्रयापमा पारेर असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७७ मा उनिहरुले तिनजनासँग त्यसैगरी ४३ लाख, ३८ लाख र ३५ लाख ‘बार्गेनिङ’ गरेर असुलेका थिए ।

‘सो समूहको पेशा नै बार्गेनिङ गर्नेखालको देखिन्छ’ एसपी काफ्ले भन्छन्–‘आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर थप अनुसन्धान गरिररहेका छौं ।’

भद्रबहादुर इज्जतको लागी प्रहरीकहाँ आउन ढिला गरेका हुन् । प्रहरीले सिताको घरबाट भद्रबहादुरले दिएको १७ लाखको चेक बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP