आइतबार , भाद्र १४, २०८३

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताविरुद्ध देशव्यापी रुपमा विरोध जुलुस तथा आमसभा भइरहेका छन् । यसै क्रममा आइतबार तानसेनमा पनि ४ दलको संयुक्त आयोजनामा ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ’ भन्ने मूल नाराका साथ तानसेन नगर परिक्रमा गरिएको छ ।

नगर परिक्रमा गर्दै जुलुसले ‘एमसीसी चाहिँदैन,’ ‘देश बेच्न पाइँदैन,’ ‘राष्ट्रघाती निर्णय खारेज गर’ जस्ता नाराहरु लगाउँदै टुँडीखेलको मञ्चमा आई कोणसभामा परिणत भएको थियो ।कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भएको र कुनै पनि हालतमा यो सम्झौता पास गर्न नहुने बताउदै देश व्यापीरुपमा आम सर्वसाधरणले समेत दबाब दिन राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले आग्रह गरे । अमेरिका एमसीसीको नाममा मन्दविषको रुपमा नेपालमा भित्रिन खोजेको र सरकारले पनि एमसीसी पैसाको अभावमा ल्यान लागेको समेत दर्लामीले बताए ।

कार्यक्रममा प्रमूख अतिथि अनिल किशोर घिमिरे, अखिल नेपाल युवक संघ केन्द्रिय अध्यक्ष, अतिथि भुवन जिसी सेक्रेटरी नेपाल कम्युनिष्ट पार्टि पाल्पा, अतिथि टिका राना ईन्चार्ज नेकपा क्रान्तिकारी माओवादी पाल्पा, अतिथि धनराज पौडेल, अध्यक्ष नेकपा माले पाल्पालगायतले एमसीसी देश भित्राउदा भविष्यमा नेपालले भोग्नुपर्ने समस्याहरु बारेमा आ–आफ्नो तर्क राखेका थिए । साथै, कुनै पनि हालतमा एमसीसी पास हुन नदिने उनीहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP