मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल असोज ०३ गते । आइतबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्दशी, ,रातको ०५ बजेर ०७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– शतभिषा,रातको ०४ बजेर १८ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– धृति, बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त शूल । करण– गर, बेलुकी ०५ बजेर २४ मिनेट उप्रान्त वणिज, रातको ०५ बजेर ०७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान ३० घडी २८ पला । पञ्चक, संविधान दिवस, अनन्त चतुर्दशीव्रत, कुमारी इन्द्रजात्रा, स्वाँछाय,लड्कु ढँडार मष्ट्रोपूजा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् । माया प्रेममा नजिक हुने समय रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्त जनसँग मनमुटाब बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पर्यटकीय तथा रमाइलो यात्रा हुनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शत्रुलाई परास्त गर्न सकिनेछ । आम्दानीका स्रोतहरू फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विगतका गल्ती तथा कमी कमजोरीहरूलाई सच्याउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा मन जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा समय दिन नसकिने हुँदा अरूभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा कामहरू समयमा सकाउन मुस्किल पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने पेसा व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामीप्य बढ्ने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयको सहि सदुपयोग गरी प्रशस्त लाभ लिने समय रहेको छ । बोलेरै मनग्गे भन आर्जन गर्न सकिने तथा सापटी स्वरूप दिएको धन सम्पत्ति फिर्ता आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । सामान्य आँखा सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP