शुक्रबार , भाद्र १२, २०८३

सबिन बराल / डार्विन

डार्विनमा बस्दै आएको संगीत प्रेमी नेपाली माझ चिर परिचित कार्यक्रम को नाम हो ठमेल नाइट्स।  आहिले सम्म आइपुग्दा छ ओटा कार्यक्रमको आयोजना गरि सकेको ठमेल नाइट्स सातौ इभेन्ट संगै पर्न गएको पहिलो बार्षिक उत्सब आफ्ना दर्सक श्रोता माझ रमाइलो गरेर मनाउने योजना मा छ।

२२ सेप्टेम्बेर २०२१  मा हुन् लागेको यो इभेन्टमा साथ दिने सम्पूर्ण आगन्तुकको लागि फ्री इन्ट्री को ब्यवस्था गरिएको छ।  थोरै केहि दर्शक श्रोता बाट सुरु गरेको पहलो इभेन्ट देखि हाउस फुल इभेन्ट सम्मको यात्रा तय गरेको ठमेल नाइट्सले नेपाली ख्याती प्राप्त DJ, कलाकार देखि डार्विनमा रहेका स्थानीय कलाकारलाई पनि स्थान दिदै आएको छ।  नेपालीले आयोजना गरेको यो इभेन्ट डार्विनमा सबै भन्दा धेरै नेपालीको सहभागिता हुने कार्यक्रमको रुपमा चिनिन्छ।

 

ठमेल नाइट्सका आयोजक बिबेक ढकाल भन्छन, यो पेंडेमिक को अवस्थामा पनि हामी  हाम्रा नेपाली संगीत प्रेमी साथी भाइको रिफ्रेश्मेंटको लागि र हाम्रो पहिलो बर्ष हामीलाई माया गर्ने सम्पूर्ण संग, संगै  मनाउन यो इभेन्टको आयोजना गरियको हो।  बिदाको दिन नभई  किन बुधबार यो इभेन्ट गर्न लाग्नु भयो भन्ने प्रश्नमा उनि थप्छन्, २३ सेप्टेम्बेर मा यो इभेन्ट १ वर्ष पुरा हुने हुदा २२ SEP राति बाट कार्यक्रम संचालन गर्ने अनि १२ बजे राति २३ गते पुगे पछि पहिलो बार्षिक उत्सब मनाउने योजना छ। साथै धेरै नेपाली साथी-भाइलाइ सनिबार आइतबारको weekend को काम छोड्न नपरोस भनेर पनि हामीले Weekdays मा यो इभेन्टको आयोजना गरेका हौ। पहिलो बर्षको इभेन्टमा रास्ट्रिय कलाकार बोलाएर भब्य कार्यक्रम गर्ने योजना थियो तर आहिलेको परिस्थितिले त्यो सब सम्भव नभए पनि भरपुर रमाइलो गराउने बाचा दिन चाहन्छौ।  उनि भन्छन।

संगीत प्रेमी सबै नेपालीलाइ २२ sep को रात, ठमेल नाइट्सको साथ भन्दै DJ B यानी बिबेक ढकालले नै फ्लोरमा आगो लगाउने योजना छ।  निकै धेरै सर्प्राइजका साथ आयोजना गर्न लागिएको यो इभेन्टलाइ साथ दिन र फ्री इन्ट्री, फ्री पहिलो ड्रिंक र फ्री फूड को समेत ब्यवस्था रहेकोले सबैलाई उपस्थितिको लागि आयोजक आनुरोध गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP