शुक्रबार , भाद्र १२, २०८३

आफ्नो नाममा सिम कार्ड हुनु अब अनिवार्य जस्तै भएको छ । नागरिक एप चलाउन होस् वा सरकारले जारी गर्न लागेको राष्ट्रिय परिचयपत्रकै लागि किन नहोस् सिमकार्ड आफ्नो नाममा हुनु अनिवार्य नै भएको छ ।

यसरी सिमकार्डसँग विभिन्न सेवा प्रयोग गर्न प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने भएको छ । अर्को तर्फ एक जना व्यक्तिको नाममा एउटै सेवाप्रदायकका दुई भन्दा बढी सिम कार्ड नरहने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको अवस्था छ ।

टेलिफोन सेवा प्रदायक हरुले पनि एक ग्राहकलाई अधिकतम २ भन्दा बढी सिम बिक्री गर्न नपाउने गरी आफ्ना मातहातका केन्द्रलाइ निर्देशन दिएको छ ।

सिमकार्ड कसको नाममा छ कसरी थाहा पाउने ?

नेपाल टेलिकमले यूएसएसडी मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर थाहा पाउन सक्नेछन् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ । *९२२# डायल गरी दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १ तथा होइन भने २ नम्बर टाइप गरी पठाउनु होस् ।

एनसेल प्रयोगकर्ताले भने आफ्नो नाममा भएको सिमकार्ड कसको नाममा छ भनेर चेक गर्नका लागि *९९६६# डायल गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP