मंगलबार , बैसाख २९, २०८३

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भोलि (असोज ३) संविधान दिवसको कार्यक्रमलाई वहिष्कार गर्ने भएका छन्। संविधान अपूर्ण भएको भन्दै उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने भएका हुन्।

जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेको संविधान दिवस कार्यक्रममा भाग नलिने तथा संविधानको विरोध गर्ने जनाएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति लगायत समुदायहरुका साथै उत्पीडित जात-जाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न सकेको छैन। संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण छन्। ’

सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा भाग नलिने र विरोध गर्ने बताएको छ। विज्ञप्तीमा भनिएको छ, ‘संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात असोज ३ गते संविधान शंसोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानहरुको विरोध गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान गरिन्छ।’

यस्तै, लोसपाले भोलि असोज ३ गते बबरमहलमा सहीदको बलीदानी एवम् संविधानको पूर्णता विषयक अन्तकृया गर्ने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP