मंगलबार , बैसाख २९, २०८३

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।

ओमानको अल अमिरत रंगशालामा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालका कप्तान अर्धशतक प्रहार गरेका छन्। उनले ९१ बलमा ३ चौका हिर्काएका छन्।

उनले एकदिवसीय खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन्। अहिले कप्तान ज्ञानेन्द्र र करण केसी ब्याटिङ गरिरहेका छन्।

नेपालले ४२ ‌ओभरमा ७ विकेटको क्षतिमा १५० रन जोडेको छ।

नेपालका ओपनर कुशल भुर्तेल ३६ रनमा आउट हुँदा आसिफ शेखले ३ रन मात्र जोड्न सके।

रोहित पौडेल २ रनमै पेभिलियन फर्के। विनोद भण्डारी २८ बलमा १० रन जोडेर आउट भए।

डेब्यू खेलाडी गुल्शन झाले २८ रनको योगदान गरे। उनले ५३ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे।

कुशल मल्ल भने शून्यमै आउट भए। पछिल्ला चार खेलमा कुशलले तीन खेलमा एक रन र एक खेलमा चार रन मात्र जोड्न सकेका थिए।

यस्तै सोमपाल कामी २ रनमा आउट भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP