आइतबार , बैसाख ७, २०८२

अफगानिस्तानको पन्जसिर प्रान्त तालिवानको पूर्ण नियन्त्रणमा नरहेको पुष्टि भएको छ । त्यहाँ तालिवान र विरोधी फौजबीच युद्ध चलिरहेको खुलाइएको छ ।

अलजजिराका अनुसार पन्जसिरमा घमासान युद्ध जारी छ । विभिन्न गाउँहरुमा के भइरहेको भन्ने अज्ञात रहेको सरकारी कर्मचारीले बताएका छन् ।

पन्जसिरमा सञ्चार विच्छेद गरिएको छ । त्यहाँको अवस्थाबारे यकिन गर्न सकिएको छैन । तर, तालिवानविरोधी नेस्नल रेसिस्टयन्स फ्रन्टले तालिवानलाई कडा चुनौती दिएको पुष्टि भएको छ ।

हजारौं तालिवानविरोधी लडाकुहरु पन्जसिरमा संगठित भएर गुरिल्ला शैलीमा लडिरहेको बुझिएको छ । पहाडी क्षेत्र भएकाले तालिवानले ठूलो क्षति भोगिरहेको छ ।

तालिवानले ६ सेप्टेम्बरमा पन्जसिरमा नियन्त्रण कायम गरेको घोषणा गरेको थियो । तर, तालिवानविरोधी फौजका नेता अहमद मसुदले लडाई जारी रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP