मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउने प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन् । अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उन निवास बालकोट पठाएका हुन् ।प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने देउवाको सन्देश लिएर कार्की ओलीलाई भेट्न बालकोट गएका थिए । संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेपछि देउवाले आफ्ना विश्वासपात्र कार्की मार्फत संवाद थालेका छन् ।

संसद्को सबैभन्दा ठूलो दल एमालेको सहयोगबिना संसद् सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखेपछि देउवाले ओलीसँग सम्बन्ध बढाउन चाहेको देखिन्छ । बिहीबारको छलफलमा संसदको गतिरोध अन्त्य र विधेयक अगाडि बढाउने लगायतका विषयमा छलफल भएको कार्कीले जानकारी दिए ।

त्यसका लागि मन्त्री कार्कीले ओलीलाई संसद अवरोध नगरिदिन आग्रह गरेका थिए । एमालेले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै एमाले संसद् अवरोध गरिरहेको छ ।

संसद् अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ । संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ ।

यस्तै ओली सरकारले ल्याएका १५ अध्यादेशमध्ये १२ अध्यादेश निष्क्रिय भएका छन् । निष्क्रिय भएका दुई अध्यादेशका व्यवस्थालाई निरन्तरता दिन सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ ।

बुधबार मध्यरातबाट निष्क्रिय भएका फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेशकै व्यवस्था समेटेर नयाँ विधेयक दर्ता गरिएको हो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट बिहीबार विधेयक दर्ता भएको हो । दर्ता विधेयक अब संसद्को नियमित प्रक्रियाबाटै अघि बढ्नेछ । निष्क्रिय भएका अध्यादेशकै विषय समेटेर नयाँ विधेयक ल्याइएको हो । मुख्यत बजेटको प्रतिस्थापन विधेयक पारित गर्न असोज ४ गते सोमबारका लागि संसद बैठक बोलाइएको छ ।

उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने संकेत देखाएपछि देउवाले सहमतिको प्रयासका लागि विश्वासपात्रमार्फत ओलीसँग संवाद बढाउन खोजेको देखिन्छ । यसअघि भदौ १५ गते पनि प्रधानमन्त्री देउवाले ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए । ओली संवादका लागि प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कार्कीलाई बालकोट पठाएका थिए । तर एमालेलाई मनाउने प्रयास सफल हुन सकेन । भदौ २३ गतेदेखि सुरु भएको संसद बैठकमा एमालेले अवरोध जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP