बुधबार , असार ४, २०८२

तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा खसेकी पवित्रा लम्साल अझै वेपत्ता छिन् । उनको व्यापक खोजी भइरहेको छ ।पवित्रा खसेपछि हात दिएको उनीसँगै गएका दुई साथीले बताएका छन् । साथीहरुका अनुसार रक गार्डेनमा फोटो खिच्न आग्रह गरेकी थिइन् ।

देवरको फोन आएको छ भन्दै भेट्न जाने आग्रह गरेको बताइन् । कुर्नुपर्ने भन्दै जान भनेको सुनाइन् ।

टिकटक बनाउन लाग्दा वेपत्ता भनिएकी युवती पवित्रा लम्साल जोखिम मोलेर सेतीको पानीसम्म पुगेको देखिन्छ । साथीहरु चिच्याइरहँदा पनि पवित्रा तल गइन् । उनले फोटो खिच्न भनेको साथीहरुले सुनाए ।

साथीहरुले आफै हाम फालेको कि चिप्लिएको भन्दा उत्तर दिए, ‘खै !’ नजान भन्दा भन्दै गएको समेत बताए । भिडियोमा पनि साथीहरुले चिच्याएर रोक्न खोजेको सुनिन्छ ।

सँगै गएकामध्ये एक साथी देविका पौडेलले भनिन्, ‘आफै हाम फालेको जस्तो लाग्छ । डुबेपछि हात दिएको र सिमसिम पानी परेको थियो ।’

पवित्राले आफूलाई केटा मन नपरेको भनेको साथीहरुले बताए । सँगै गएकामध्ये एकले भनिन्, ‘केटा मन नपरेको र धेरै दुःख रहेछ भनिन् ।’

पवित्राको विवाह भएको समेत आफूहरुलाई जानकारी नभएको बताए । साथीहरुले भने, ‘विहान उठ्यो लिपपोत गर्यो, खाना बनाएर घाँस काट्न जानुपर्ने रहेछ । कसरी सक्ने हो मैंले भनिन् ।’

५ दिन अघि विवाह गरेर माइती पुगेकी पवित्रा तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा खसेकी हुन् । १९ वर्षीया पवित्रा दुरान फर्काउन माइतीघर गएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP