आइतबार , भाद्र १४, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट अहिले प्रतिपक्षमा आएको भएपनि शक्तिमा कुनै परिवर्तन नआएको बताएका छन् । आज बाग्मती प्रदेशका अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् ।सम्बोधनको क्रममा उनले भने,”हिजो हामी सरकारमा थियौं, आज प्रतिपक्षमा छौं । हाम्रो भूमिका परिवर्तन भएको हो । शक्ति परिवर्तन भएको होईन । उद्देश्य परिवर्तन भएको होईन । नीतिहरु परिवर्तन भएका होईनन् । संगठनमा खासै प रिवर्तन भएको छैन् । दुई चार जना, नराम्रो भन्नु है भन्छन् । सढेका र बिग्रिएका तत्वहरु, बिग्रिन बिग्रिन खोजेकाहरु बाहिरिए । भयो त्यत्ति । पार्टी जहाँ थियो, त्यहीँ छ ।”

उनले आफूहरुले बडो दुःख गरेर नेपालमा कम्युनिष्ट पार्टी बनाएको पनि स्मरण गराए । उनले भने,”हिजो हामीले दुःख कष्ट गरेर पार्टी बनाएका हौं । नेपालमा सबभन्दा ठूलो पार्टी र शक्तिको रुपमा, जनताको भरोसाको रुपमा । केन्द्रको रुपमा यस पार्टीलाई उभ्यायौं । कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउँदै ल्यायौं । एमाले र माओवादी केन्द्रलाई मिलाएर मूलभुत रुपमा एकीकरणपनि टुँग्यायौं । दुई तिहाईको शक्ति तयार भयो । बाहिरबाट कसैले हल्लाउन नसक्ने शक्ति तयार भयो । ६ वटामा हाम्रो सरकार बन्यो । स्थानीय तहमा दुई तिहाईभन्दा बढिमा कब्जा थियो । केहीलाई ईष्र्या भावले पोल्यो । केहीलाई व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पोल्यो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP