मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ ३१ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी, दशमी,बिहान १० बजेर २१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–पूर्षाषाढा, बिहान ०६ बजेर ४७ मिनेट उप्रान्त उत्तराषाढा । योग– शोभन, रातको ०१ बजेर ०० मिनेट उप्रान्त अतिगण्ड । करण– गर, बिहान १० बजेर २१ मिनेट उप्रान्त वणिज,बेलुकी ०९ बजेर २३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धाता योग ।

चन्द्रराशि–धनु ,दिउसो १२ बजेर २८ मिनेट उप्रान्त मकर । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेट । दिनमान ३० घडी ४१ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ शैली प्रयोग गरेर गरिने व्यापार व्यवसाय अथवा कुनै कामहरूबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रूपमा सम्पन्न हुनका लागी थालिएका कामहरू स्वतः स्फूर्त तथा सिस्टममा जाने हुनाले मन प्रसन्न हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेको ५ । पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पति पत्नीका साथ रमाइलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना समस्या तथा विवादित विषयहरूलाई केही समय दिएर सकाउन सकिनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरू आफै साइड लाग्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्व सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दाजुभाइको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । सवारी साधनको प्रयोग गरि लामो यात्रा गर्दा ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा नजिकिने समय रहेको छ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण कामहरू फत्ते गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक कामहरू समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगीहरूको सहयोगले शरीरमा थप ऊर्जा बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP