बुधबार , असार ४, २०८२

अफगानिस्तानको जुनियर महिला फुटबल टिमका ३२ खेलाडीहरू पाकिस्तान पुगेका छन्। तीन साताअघि अफगानिस्तान छाड्न असफल भएका उनीहरू बुधबार पाकिस्तान पुगेका हुन्।

तालिवानले सत्ता कब्जा गरेपछि उनीहरू काबुलमा लुकेर बसेका थिए। तीन साताअघि देश छाड्ने योजनामा रहेपनि उनीहरू कागजपत्र जुटाउन असफल भएका थिए।

पाकिस्तानका सूचना मन्त्री फवाद हुसेन चौधरीले अफगानिस्तानका फुटबल खेलाडीलाई तोर्खाम बोर्डरमा स्वागत गरेको जानकारी दिएका छन्। उनीहरूसँग अफगानिस्तानको पासपोर्ट भएको र पाकिस्तानले भिसा दिएको म्नत्री चौधरीको भनाइ छ।

तालिबानले उनीहरूलाई धम्की दिएपछि पाकिस्तानले आकस्मिक भिसा दिएको छ।

यसअघि अफगानिस्तानका सिनियर महिला फुटबलर २४ अगस्टमा अस्ट्रेलिया पुग्न सफल भएका थिए। त्यतिबेला कागजपत्र जुटाउन नसक्दा जुनियर महिला फुटबलर काबुलमै लुकेर बस्नु परेको थियो।

यता अफगानिस्तानका महिला क्रिकेटर अझै पनि काबुलमा लुकेर बसिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP