मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानको जुनियर महिला फुटबल टिमका ३२ खेलाडीहरू पाकिस्तान पुगेका छन्। तीन साताअघि अफगानिस्तान छाड्न असफल भएका उनीहरू बुधबार पाकिस्तान पुगेका हुन्।

तालिवानले सत्ता कब्जा गरेपछि उनीहरू काबुलमा लुकेर बसेका थिए। तीन साताअघि देश छाड्ने योजनामा रहेपनि उनीहरू कागजपत्र जुटाउन असफल भएका थिए।

पाकिस्तानका सूचना मन्त्री फवाद हुसेन चौधरीले अफगानिस्तानका फुटबल खेलाडीलाई तोर्खाम बोर्डरमा स्वागत गरेको जानकारी दिएका छन्। उनीहरूसँग अफगानिस्तानको पासपोर्ट भएको र पाकिस्तानले भिसा दिएको म्नत्री चौधरीको भनाइ छ।

तालिबानले उनीहरूलाई धम्की दिएपछि पाकिस्तानले आकस्मिक भिसा दिएको छ।

यसअघि अफगानिस्तानका सिनियर महिला फुटबलर २४ अगस्टमा अस्ट्रेलिया पुग्न सफल भएका थिए। त्यतिबेला कागजपत्र जुटाउन नसक्दा जुनियर महिला फुटबलर काबुलमै लुकेर बस्नु परेको थियो।

यता अफगानिस्तानका महिला क्रिकेटर अझै पनि काबुलमा लुकेर बसिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP