पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरण अनुसार देशभर १२ हजार ५२४ जनामा पीसीआर र ४ हजार ३२० जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २२० संक्रमित कोरोनामुक्त भएका मन्त्रालयले जनाएको छ ।