आइतबार , भाद्र १४, २०८३

प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखिन्छ’, ती अधिकारीले भने, ‘दलालको माध्यमबाट दुई दिनअघि बौद्ध आइपुगेका उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।’

बंगलादेशमा रोहिंग्यामाथि दमनको क्रम बढ्न थालेपछि केही वर्षयता त्यहाँका हजारौं रोहिंग्याहरु विस्थापित बनेका छन् । प्रहरीको कडाइका बीच पनि उनीहरुमध्ये केही संख्यामा यसअघि नै शरणार्थीको रुपमा काठमाडौं प्रवेश गरेका थिए ।

त्यही क्रममा शरणार्थीको रुपमा नेपालमा बस्ने योजनाका साथ दुई दिनअघि पनि मानव तस्करको सेटिङमा उनीहरु नेपाल आएको हुनसक्ने प्रहरीको आशंका छ । उनीहरुलाई पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाइएको छ ।

प्रहरीले उनीहरुलाई काठमाडौंसम्म ल्याउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई समेत पक्राउ गरेर अनुसन्धान थालेको बताइएको छ । हाल करिब २०० जनाको हाराहारीमा रोहिंग्या शरणार्थी राजधानीको कपनमा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP