मंगलबार , अषोज २७, २०८३

युरोपियन च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्स विजयी भएका छन्।

चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १-० गोलले पराजित गर्‍यो।

चेल्सीको जितमा रोमेलु लुकाकुले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ६९ मिनेटमा गोल गरेका थिए।

यो समूहको अर्को खेलमा इटालियन क्लब युभेन्ट्स विजयी भएको छ। युभेन्ट्सले स्विडेनको माल्मो एफएफ ३-० गोलले पराजित गर्‍यो।

युभेन्ट्सको जितमा लोबो सिल्भाले २३ मिनेटमा पहिलो गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डिबालाले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे।

पहिलो हाफकै इन्जुरी टाइममा युभेन्ट्सले तेस्रो गोल गर्‍यो। उसका लागि मोराटाले गोल गरेका थिए।

पहिलो हाफमा ३ गोल गरे पनि युभेन्ट्सलाई दोस्रो हाफमा माल्मोले रोक्न सफल भयो।

सन् १९९६ देखि च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको युभेन्ट्सले अब २९ सेप्टेम्बरमा साविक विजेता चेल्सीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP