आइतबार , बैसाख ७, २०८२

युरोपियन च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्स विजयी भएका छन्।

चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १-० गोलले पराजित गर्‍यो।

चेल्सीको जितमा रोमेलु लुकाकुले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ६९ मिनेटमा गोल गरेका थिए।

यो समूहको अर्को खेलमा इटालियन क्लब युभेन्ट्स विजयी भएको छ। युभेन्ट्सले स्विडेनको माल्मो एफएफ ३-० गोलले पराजित गर्‍यो।

युभेन्ट्सको जितमा लोबो सिल्भाले २३ मिनेटमा पहिलो गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डिबालाले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे।

पहिलो हाफकै इन्जुरी टाइममा युभेन्ट्सले तेस्रो गोल गर्‍यो। उसका लागि मोराटाले गोल गरेका थिए।

पहिलो हाफमा ३ गोल गरे पनि युभेन्ट्सलाई दोस्रो हाफमा माल्मोले रोक्न सफल भयो।

सन् १९९६ देखि च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको युभेन्ट्सले अब २९ सेप्टेम्बरमा साविक विजेता चेल्सीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP