मंगलबार , अषोज २७, २०८३

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खला अन्तरगतको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ । ओपनर जतिन्दर सिंहले शतकीय पारी खेलेपछि नेपाल हार व्यहोर्न बाध्य भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य ओमानले मात्र ३१.१ ओभरमा पछ्यायो ।

प्लेयर अफ द म्याच घोषित सिंहले विष्फोटक ब्याटिङ गर्दै १२ चौका र ६ छक्का हिर्काउँदै १०७ रन बनाए । मोहम्मद नदिमले ३८ र सुरज कुमारले २० रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा उनले ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए । तर, नेपालको मध्य क्रम टिक्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुक्यो ।

खेलको अन्त्यतिर करण केसीले २१ तथा सन्दीप लामिछानेले १६ रन बनाउँदै बनाउँदै नेपालको स्कोर सम्मानजनक बनाए । ओमानका लागि विलाल खानले ४ तथा नेस्टर धाम्बाले २ विकेट लिए ।

पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP