मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ ३० गते । बुधवार । ईश्वी सन् २०२१ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी, दिउसो १२ बजेर २९ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल, बिहान ०८ बजेर १२ मिनेट उप्रान्त पूर्षाषाढा । योग– आयुष्मान, बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त सौभाग्य । करण– कौलव, दिउसो १२ बजेर २९ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान ३० घडी ४५ पला । अदुस्ख नवमीव्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्म,संस्कृति तथा आफ्नो रीतिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने शेयर बजारमा लगानी गर्न सके मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) जीवन साथीको सहयोगले नाफामूलक व्यवसाय सुरु गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडी बढ्न सकिनेछ । शत्रुता राख्नेहरू आफै साइड लाग्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेको छ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा सामाजिक कामहरूमा समय खर्चिनेहरूले समयमा सर्वसाधारणको काम गर्न सक्दा पद प्रतिष्ठा प्राप्त हुने योग रहेको छ । साथीहरूको सहयोगले उपलब्धि मूलक काम गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपहार प्राप्तिको योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुराँमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । प्रेम प्रशङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । नयाँ काम पाउने तथा नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ । लगनशील तथा ईमान्दारीताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP