मंगलबार , अषोज २७, २०८३

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ।

अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १९६ रनमा अलआउट भयो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ९० रनको योगदान दिए। आसिफले बिलाल खानबाट बोल्ड हुनुअघि ११२ बलमा ७ चौका र १ छक्का हिर्काए। आसिफको यो पहिलो एकदिवसीय अर्धशतक हो।

अर्का ओपनर कुशल भुर्तेल शून्यमै आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडे। ज्ञानेन्द्रले ३३ बलमा १ चौका हिर्काए।

रोहितकुमार पौडेलले २० रन जोड्दा विनोद भण्डारी ६ रनमै आउट भए। सोमपाल कामी ७ रन, कुशल मल्ल ४ रन र विक्रम शोव २ रनमा आउट भए।

१० बलमा १ चौका र १ छक्का प्रहार गरेका सन्दीप लामिछाने १६ रनमा रनआउट भए।

करण केसीले २१ रनको योगदान गरे। उनले ४८ बलमा १ चौका र १ छक्का हिर्काए।

बलिङमा ओमानका बिलाल खानले चार विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ४७ रन खर्चिए।

हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ।

पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP