शुक्रबार , भाद्र १२, २०८३

हुम्लामा चीनले सीमा मिचेको विषय उठेपछि सरकारले गठन गरेको अध्ययन कमिटी यथार्थ पत्ता लगाउन खटिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमामा भूमि मिचिएको विषयले काठमाडौंको राजनीति गर्माएको छ ।यही बेलामा चीनको ध्यान नेपाल, भारत र भुटानसँगको सीमा क्षेत्रमा बढेको खुलेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नै तिब्बतको उचाईमा खटिएका सीमा सुरक्षा बलबारे चासो लिएका छन् । चीनको जनमुक्ति सेना अन्तरगत प्लेटु स्टेटन मोडल बटालियनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले पत्र लेखेरै प्रशंशा गरेका छन् ।

चिनियाँ विदेश मामलासम्बन्धी धारणा बाहिर ल्याउने गरेको ग्लोबल टाइम्सले सीले तिब्बतको पठारमा खटिएका जनमुक्ति सेनालाई सम्बोधन गर्दै पत्र लेखेको खबर सार्वजनिक गरेको छ । सीले तिब्बत क्षेत्रको उच्च भूभागमा खटिएको बटालियनलाई शुभकामना दिदै देशको सीमा सुरक्षाका लागि प्रोत्साहित गर्ने गरी लेखेको उल्लेख छ ।

पत्रमा युवापन र रगत शब्द समेत उल्लेख रहेको ग्लोबल टाइम्सले भनेको छ । कठिन भूभागमा ज्यान जोखिममा राखेर युवा जोस र रगतले देशको पवित्र भूमीको सुरक्षा गरेको भनेका छन् । देश र सीमाको रक्षामा थप योगदान दिने आशा समेत पत्रमा व्यक्त गरेको उल्लेख छ । सीले नमूना मानिएको तिब्बतको पठारको फौजलाई पाँच वर्षपछि शुभकामना र सम्मानसहितको पत्र पठाएका हुन् ।

तिब्बतस्थित बटालियन उच्च भूभागमा अवस्थित रहेको ग्लोबल टाइम्सले लेखेको छ । सन् १९६१ मा स्थापना भएको बटालियन अधिकांश हिमालको समेत सुरक्षामा खटिने गरेको उल्लेख छ । जसमा १० वटा ५००० मिटर माथिका हिमाल रहेका छन् । ६९०० मिटर माथि समेत फौज बसेको छ ।

तिब्बतको सम्पूर्ण सीमा क्षेत्रको सुरक्षामा बटालियनको जिम्मेवारी छ । जसमा भारतसँग झडप भएको लद्दाखको क्षेत्र पनि छ । भुटानसँग विवाद भएको भूभागमा पनि यही बटालियन तैनाथ छ । नेपालसँग सीमा समस्या भएको हुम्लालगायतका क्षेत्रमा पनि यही बटालियन तैनाथ छ ।

सी आफै केही महिना अघि तिब्बतको भ्रमणमा पुगेका थिए । उनले त्यहाँको पूर्वाधार विकासमा चासो समेत राखेका थिए । पछिल्लो समय उनको तिब्बततिर ध्यान बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP