मंगलबार , अषोज २७, २०८३

सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका हुन्। पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्नुनहुने बताए। उनले निपा भाइरसको कुनै भ्याक्सिन बनिनसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताए।

पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए। निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्‍याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गरे।

‘हालसम्म नेपालमा पुष्टि भइसकेको छैन। यो अलिकति प्राणघातक छ, यसको मृत्युदर उच्च छ। तर, यो यत्तिकै आउँदैन, यो संक्रमित पशुपंक्षीबाट मानवमा आउने हुनाले पशुपंक्षीले जुठो पारेका खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि हामी नखाऔँ’, उनले भने, ‘फलफूल तरकारीहरु राम्रोसँग सफा गरेर खाऔँ, तरकारीको हकमा राम्ररी पकाएर खाऔँ, फलफूलको हकमा बोक्रा फालेर खाऔँ, राम्ररी धोएर खाऔँ, त्यसबाट बच्न सकिन्छ। जो मासुजन्य काममा हुनुहुन्छ, बंगुरहरु बिरामी हुनसक्छन्, गाईवस्तुहरु,मासुको काम गर्ने साथीहरुले पञ्जा लगाऔँ, मास्क लगाऔं।’

आफूलाई व्यक्तिगत सुरक्षाका कवचहरु लगाएर मात्र ह्याण्डिल गर्न, मासु राम्ररी पकाएर मात्र खान र भीडभाडमा नजान उनले आग्रह गरे।

‘किनभने व्यक्तिबाट व्यक्तिमा, मानव मानवमा पनि सर्न सक्छ, यसको मृत्युदर उच्च छ। यसले छिटै मस्तिष्कमा असर गरेर इन्सेफ्लाइटिभ, कोमा, डाउजी, बेहोस गराउन सक्छ, ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएको छ भने अस्पतालमा जाऔँ। सही सूचना दिऔँ, आतंकित नबनौँ, मापदण्ड नभुलौँ।’

स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकोले पूर्णरुपमा स्वास्थ्यका मापदण्ड अपनाइ सचेत/सजग हुन र यस सम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्य संस्था गएर चिकित्सकलाई देखाउन आग्रह गरेको छ। प्रवक्ता पौडेलका अनुसार श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन्।

निपा भाइरस विशेष गरी शरीरको र्‍याल, दिसापिसाब लगायतको तरल पदार्थबाट सर्ने गर्दछ। निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP