आइतबार , भाद्र १४, २०८३

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने अन्तरिम आदेश जारी भएको छ । सोम पाण्डे माधव नेपालका सम्धी हुन् । उनी निर्वाचन आयोगमा सनाखत गर्ने दिनमात्रै नेकपा (एकीकृत समाजवादी) मा खुलेका थिए ।तर, आयोगले उनीहरुको सनाखत गरेको थिएन । आफूहरुले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउनुपर्ने माग गर्दै उनीहरु अदालत गएका थिए । अदालतले आज उनीहरुलाई नेकपा (एकीकृत समाजवादी) नै रोज्न पाउनेगरि अन्तरिम आदेश दिएको छ ।

योसँगै पाण्डे शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चा सुरु भएको छ । उनी मन्त्री बन्ने लोभमा मात्रै एमाले छोडेर माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको नेताहरुको टिप्पणी छ । हुन त पाण्डेले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै लामो समय एकताको पहल पनि गरेका थिए ।

तर, उनको पहल निश्कर्षमा पुगेको थिएन । सम्धीसमेत रहेका नेता पाण्डेलाई मन्त्री बनाउनको लागि माधव नेपाल पनि सकारात्मक छन् । प्रधानमन्त्री देउवाले यसै साता सरकारलाई पूर्णता दिने तयारी थालेका छन् ।

यसको लागि उनले गठबन्धनमा आवछ दलका नेताहरुसँग नामसमेत मागेका छन् । तर, नेताहरुले अहिलेसम्म नाम दिएका छैनन् । अब भने देउवा ढिलो नगर्ने पक्षमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP