शुक्रबार , भाद्र १२, २०८३

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बैठक शुरु भएको हो ।

बहुमत सचिवालय सदस्यहरुको निरन्तरको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् ।

बैठकमा सरकारका कामकारबाही, मन्त्रिमण्डल पुर्नगठन, राजदूतको नियुक्तिको सिफारिस, पार्टीको विवाद समाधान र स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय सदस्यहरुले केन्द्रीय कमिटी बैठक अगावै स्थायी कमिटीको बैठक बोलाउन माग गर्ने बताए ।

सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP