आइतबार , भाद्र १४, २०८३

देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् ।

सरकारले चालू आर्थिक वर्षमा ७३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । हालसम्म देशभर नौ हजार २०० झोलु्ङ्गे पुल निर्माण भइसकेका छन् । मागअनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

निर्माण सम्पन्न पुलमध्ये सङ्घीय सरकारले ११० वटा र प्रदेश र स्थानीय तहले ६२० गरी यस वर्ष ७३० वटा झोलुङ्गे पुल बनाएका छन् । गत वर्ष सरकारले ६२१ वटा यस्ता पुल निर्माण गरेको थियो । स्थानीय पूर्वधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भन्नुभयो, “पहिला झोलुङ्गे पुल नदी तरितराउका लागि मात्र हुन्थ्यो, अहिले नदी तरितराउका साथै आवतजावतमा दूरी घटाउने तथा पर्यटकीय दृष्टिले पनि निर्माणको माग हुँदै आएका छन् ।” यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP