मंगलबार , बैसाख २९, २०८३

आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

नेपाललाई जीत दिलाउन प्लेयर अफ द म्याच घोषित कुशल भुर्तेलले सर्वाधिक ८४ रनका योगदान दिए । ३ चौका र ३ छक्का हिर्काएका उनले ओपनर आशिफ शेखसँग मिलेर नेपाललाई राम्रो शुरुवात दिलाए । शेखले २३ रन बनाउँदै अर्धशतकीय साझेदारी गरे । त्यस्तै, रोहित पौडेलले नटआउट रहँदै ६२ रन बनाएर नेपाललाई लक्ष्यसम्म पुर्याए । उनलाई विनोद भण्डारीले ३७ रन बनाउँदै राम्रो साथ दिए ।

यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिकाका लागि विकेटकिपर मोनाङ्क पटेलले सर्वाधिक १ सय रनको पारी खेले । ९ चौका र एक छक्काको मद्दतले शतक बनाए लगत्तै उनी विक्रम सोबको बलमा क्याच आउट हुन पुगे । निसर्ग पटेलले २१ तथा सुशान्त मोदानी र कसरमा गोरले १६–१६ रन बनाए । नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र सुशन भरीले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ । सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP