मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ २९ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–अष्टमी, दिउसो ०२ बजेर ४७ मिनेट उप्रान्त नवमी । नक्षत्र–ज्येष्ठा, बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त मूल । योग– प्रिती, बिहान ०९ बजेर ३५ मिनेट उप्रान्त आयुष्मान । करण–बव, दिउसो ०२ बजेर ३६ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुद्गर योग ।

चन्द्रराशि–वृश्चिक,बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त धनु । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान ३० घडी ४९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरीको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ। भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरूमा लाभ मिल्ने समय रहेको ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय बिताउँदा खुसी भएको महसुस गर्नेछन् । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वादविवाद तथा प्रतिस्पर्धामा शत्रु परास्त हुनेछन् । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मीयता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ । खानपान तथा मौसमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक माहौलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरू समयमा बन्नेछन् ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ । नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब सिर्जना हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बुवा तथा बुवा सरहका मानिसबाट काममा सहयोग हुनेछ । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP