मंगलबार , अषोज २७, २०८३

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रम गरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो ।टोली सोमबार राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ । छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो । सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् ।

छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गर्दा डिफेण्डर पूनम जर्घामगरले भने उज्वेकिस्तानको भ्रमण गुमाउनेछिन् । मुटुको समस्या देखिएपछि पूनम टोलीमा नपरेकी हुन् ।

मैत्रीपूर्ण खेलले महिला टोलीलाई आपसमा बुझ्नलाई सहयोग मिलेको र छनोट खेल नेपालका लागि ठूलो मौका भएको मुख्य प्रशिक्षक फिलिप्सले बताए । कुनै पनि खेलाडीमा चोट नभएकाले प्रदर्शन राम्रो गर्ने उनको विश्वास छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोट खेलमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP