आइतबार , भाद्र १४, २०८३

सोमबार जनकपुरधाममा नेपाल भारतको सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णयसहित बैठक सम्पन्न भएको हो ।

भारत विहार राज्यको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतहरुमा सेप्टेम्बर २९ तारिखबाट सुरु हुन लागेको निर्वाचनलाई दृष्टिगत गर्दै सो बैठकको आयोजना गरिएको थियो ।

सुरक्षा बैठकमा चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि नेपाल–भारतको सीमा नाका सिल गर्ने निर्णय भएको छ ।

विहारमा ११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धाँधलिरहित बनाउन नेपालबाट पूर्ण सहयोग हुने भन्दै भारतीय पक्षलाई नेपाली सुरक्षाकर्मीले विश्वास दिलाएका हुन् ।

नेपाली सुरक्षा अधिकारीले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागुऔषधको ओसारपसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधी लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।

बैठकमा अवैध सामान ओसारपसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारी सकारात्मक रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

बैठकमा भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसासमेत गरेका थिए ।

बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, शसस्त्र प्रहरी उपरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा भारतको तर्फबाट दरभंगाका डिभिजनल कमिस्नर डा. मनीष कुमार, मधुबन्नी जिल्लाका डिएम अमित कुमार, मधुबन्नीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसवीका प्रमुखसहित सुरक्षा अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP