मंगलबार , अषोज २७, २०८३

कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ४८६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनामा परीक्षण गर्दा एक हजार ४८६ जनामा संक्रमण देखिएको हो ।

नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २६ हजार ६३० जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज एक हजार २६० जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४० हजार ७१७ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९६५ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६९.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ४७५ जना सघन उपचार कक्ष (आईसीयू), १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेसन, एक हजार ६७२ जना संस्थागत आइसोलेसन र २६२ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP