आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन । संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गरे । यसरी कति दिन संसद चलाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले संक्षेपमा भने, ‘ओलीजीलाई सोध्नु’ ।

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्काशन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ । आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौँ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP