आइतबार , बैसाख ७, २०८२

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडमाथि सानदार जित निकालेको छ । शनिबार साँझ भएको खेलमा म्यानचेस्टरले न्युकासललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टरलाई सानदार जित दिलाउनको लागि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गरे । ब्रुनो फर्नान्डेस र जेसे लिंगार्डले एक–एक गोल थपे । न्युकासलको लागि जाभिएर मान्किलोले एक गोल फर्काए ।

पहिलो हाफमो इन्जुरी सयमा गोल गर्दै म्यानचेस्टरलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा मान्किलोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

६२ औँ मिनेटमा रोनाल्डोले नै गोल गर्दै म्यानचेस्टरलाई पुन अग्रता दिलाए । उनले लुक शाको पासमा गोल गरेका थिए । ८० औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै म्यानचेस्टरलाई ३–१ को अग्रता दिलाए । उनले पउल पोग्बाको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा लिंगार्डले सुन्दर गोल गर्दै म्यानचेस्टरलाई सानदार जित दिलाए । उनले पोग्बाको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरे ।

यस जितसँगै म्यानचेस्टर युनाइटेड ४ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । न्युकासल भने ४ खेलमा जम्मा १ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP