मंगलबार , बैसाख २९, २०८३

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडमाथि सानदार जित निकालेको छ । शनिबार साँझ भएको खेलमा म्यानचेस्टरले न्युकासललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टरलाई सानदार जित दिलाउनको लागि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गरे । ब्रुनो फर्नान्डेस र जेसे लिंगार्डले एक–एक गोल थपे । न्युकासलको लागि जाभिएर मान्किलोले एक गोल फर्काए ।

पहिलो हाफमो इन्जुरी सयमा गोल गर्दै म्यानचेस्टरलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा मान्किलोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

६२ औँ मिनेटमा रोनाल्डोले नै गोल गर्दै म्यानचेस्टरलाई पुन अग्रता दिलाए । उनले लुक शाको पासमा गोल गरेका थिए । ८० औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै म्यानचेस्टरलाई ३–१ को अग्रता दिलाए । उनले पउल पोग्बाको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा लिंगार्डले सुन्दर गोल गर्दै म्यानचेस्टरलाई सानदार जित दिलाए । उनले पोग्बाको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरे ।

यस जितसँगै म्यानचेस्टर युनाइटेड ४ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । न्युकासल भने ४ खेलमा जम्मा १ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP