आइतबार , भाद्र १४, २०८३

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन हुने मिति सरेको छ। शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशनको मिति हेरफेर गर्ने निर्‌णय गरेको हो।

यसअघि एमालेले असोज ४ देखि ६ गतेसम्मका लागि विधान महाधिवेशन गर्ने मिति तोकेको थियो। ‘आजको स्थायी कमिटी बैठकले विधान अधिवेशनको मिति हेरफेर गर्ने निर्णय गरेको छ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने।

अब एमाले विधान महाधिवेशन असोज १५ गतेदेखि १७ गतेसम्म हुने भएको छ। विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको टुंगोसमेत शनिबारको बैठकले लगाएको छ।

१. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य

२. अनुशासन आयोगका पदाधिकारी र सदस्य

३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य

४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य

५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य

६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य

७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य

८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य

९. विशेष कमिटीका पदाधिकारी र सदस्य

१०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य

११. निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य

१२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना

१३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य

१४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य

१५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख

१६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP