आइतबार , भाद्र १४, २०८३

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी परिमार्जनसहित अनुमोदन हुनुपर्ने बताएका छन् ।युवा सङ्घ नेपाल लुम्विनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार दिउँसो नेपालगञ्जमा सम्बोधन गर्दै नेपालले एमसीसी परियोजनाबारे अमेरिकाले सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने पनि औंल्याए । नेता नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्ने चासोको बिषय रहेको बताए ।

नेपालले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिए । सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारवाहीको औचित्य सकिएको भन्दै उनले संसदमा नाटक प्रदर्शन भईरहेको टिप्पणी गरे । न्यायलयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन भइररहेको भन्दै अध्यक्ष नेपालले यसले गलत संस्कारको विकास गरेको बताए ।

युवा सङ्घका केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, युवा सङ्घका केन्द्रीय अध्यक्ष नरेश शाही, एकीकृत समाजवादीका केन्द्रीय सदस्य दलवहादुर सुनार, कौशिला सिंह, रुपन्देही अध्यक्ष राजु गुरुङ, युवा सङ्घका महासचिव दीपक जिएम,उपमहासचिव सरिता श्रीष, युवा सङ्घ बाँकेका अध्यक्ष कुश्माखर बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP