आइतबार , भाद्र १४, २०८३

सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसोर पोसारमा संलग्न रहेको अरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ ।१६ र १९ वर्षका दुई युवतिलाई भारततर्फ बेचविखनको लागि लानेक्रममा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षिय ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ बाखैरकी ३५ वर्षिय उषा देवी मलाहलाई पक्राउ गरेको हो ।

उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाईदिने भनी बोलाएको युवतिहरुलाई उद्धरित गर्दै प्रहरीले बताए । लहान आईसकेपछि यहाँभन्दा अभै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरुलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुवैजनामाथि मानव वेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आपश्यक अनुसन्धान गर्ने तयारी भईरहेको बताइएको छ । यस कार्यमा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP