मंगलबार , बैसाख २९, २०८३

चिनिया बिदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले टुईटरमा अस्ट्रेलियाली सेनाले एक बालकको घाटीमा चक्कु राखेको एउटा पोस्ट साझा गरेपछि चीन र अस्ट्रेलियाबिच सम्बन्धमा दरार बढ्दो छ ।

चिनिया समुदाय सँगको सम्बन्धलाई निरन्तरता दिन मोरीसनले टुईटरमा यस्तो अपिल जारी गरेका हुन् ।

“अस्ट्रेलियामा चिनिया समुदाय वा चीनका मानिसहरू सँगको हाम्रो मित्रताप्रतिको सम्मान र मूल्याङ्कनलाई यसले घटाउदैन् । ” प्रधानमन्त्री मोरीसनले भने ।

सन् २०१९ मा निर्वाचनको समयमा चिनिया समुदायलाई भोटका लागि अपिल गर्न प्रधानमन्त्री मोरीसन वि च्याटको सदस्य बनेका थिए ।

”म सबै अस्ट्रेलियालीहरूलाई सम्मान गर्छु जसले अस्ट्रेलियाको पोसाक लगाउँछन् अस्ट्रेलिया र अस्ट्रेलियनहरूलाई सुरक्षित राख्न उनीहरूको समर्पणलाई सम्मान गर्छु ।” उनले भने ।

“म उनीहरूको इमानदारिता र मान्यताहरुको सम्मान गर्छु ।”

पोस्ट मार्फत उनले अस्ट्रेलिया स्वतन्त्र, प्रजातान्त्रिक र प्रबुद्ध राष्ट्रका रूपमा जारी रहने उनले लेखे ।

प्रधानमन्त्री मोरीसनले चीनले भ्रामक तस्बिर सार्वजनिक गरेकोमा माफी माग्नु पर्ने बताउँदा चीनले भने उल्टो अस्ट्रेलियालाई “ लाज लाग्नु पर्ने” भन्दै टुईटरमा जारी तस्बिर प्रति अधिक प्रतिक्रिया जनाउनु आवश्यक नरहेको प्रतिक्रिया दिएको थियो ।

चीनको यस्तो प्रतिक्रिया आए सँगै प्रधानमन्त्री स्कट मोरीसनले चीनको सबैभन्दा चर्चित सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाएका हुन् ।

मङलबार क्यानबेरा स्थित चिनिया दूतावासले पनि एक वक्तव्य जारी गदै अस्ट्रेलिया सरकारले अधिक प्रतिक्रियात्मक भएको आरोप लगाएको छ ।

“केही अस्ट्रेलियाली राजनीतिज्ञ र मिडियाको क्रोध र गर्जन सहित झाओको टुईटको गलत अर्थ लगाए ।” प्रवक्ताले भने ।

“यो आरोप केवल दुई उद्देश्य पुरा गर्नका लागि हो । एउटा अस्ट्रेलियाली सेनाले गरेको भयावह अत्याचारबाट जनताको ध्यान हटाउन र अर्को द्धिपक्षिय सम्बन्ध बिग्रिएकोमा चीनलाई दोष दिन” चिनिया दूतावासको प्रवक्ताले भने ।

वि च्याटमा जारी सन्देश चीनीया समुदायका लागि लक्षित छ । प्रधानमन्त्रीको पोष्टलाई हाल सम्म ४८ हजार भन्दा बढीले हेरीसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP