मंगलबार , बैसाख २९, २०८३

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को मुद्दाले सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले नजिकिएका छन् । अन्य दलले एमसीसीका केही प्रावधान संसोधन हुनुपर्ने तर्क गरिरहेको बेला एमसीसी जस्ताको तस्तै पास गर्न हतारिएका काँग्रेस एमाले नजिकिएका हुन् ।

सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादी एमसीसी संसोधन विना पास नगर्ने पक्षमा छन् । नेपाल सरकारले सोधेको प्रश्नको जवाफमा एमसीसीले संशोधन नहुने आशयसहितको जवाफ पठाएको र एमसीसीकी उपाध्यक्ष फतिमासुमारलगायतको टोली संसदबाट पास गराउनका लागि नेपालमै आएकोले यसले दलहरुबीच ध्रुविकरण बढाएको हो।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित गर्नुलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनी प्रधानमन्त्री हुँदा एमसीसी सम्झौता भएको थियो ।

आफू प्रधानमन्त्री हुँदा कुनै हालतमा एमसीसी पास गराउन लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखका कारण संसदबाट पास हुन नसकेको दुःखेसो उपाध्यक्ष फतिमासँग पोखेका छन् ।

नागरिक समाज र जनस्तरबाट एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने तर्क आईरहेकोले उनले पहिला सत्तापक्षको धारणापछि मात्रै आफ्नो धारणा राख्ने बताएका छन् । ओलीले यसलाई राजनीतिक अस्त्र बनाएका छन् ।

एमसीसीबारे सत्ता गठबन्धनभित्र फरक धारणा बाहिर आएकाले कम्पन आएको छ । गठबन्धन नै भत्कनसक्ने देखिएको छ । गठबन्धन भत्किएमा नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बन्ने सम्भावना पनि छ । देउवा र ओलीबीच पछिल्लो समय संवाद चल्न थालेको छ । यो नयाँ गठबन्धनको संकेत पनि हो ।

काँग्रेस, एमाले र एमसीसी पक्षधर मधेशवादी दल मिलेमा पारित हुने सम्भावना छ । एमसीसीको मुद्दाले मुलुकलाई त्यही दिशातर्फ लाने अवस्था बन्दैछ । प्रचण्डले यही संकेत पाएर सत्ता गठबन्धन भत्काउन खोजेको विषय उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP