आइतबार , बैसाख ७, २०८२

काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका साथै तीन छोरा र बेरोजगार पतिसमेतको हेरचाह गर्नुपर्ने दायित्व छ ।

जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार भइन् र अहिले भविष्यको चिन्तामा परेकी छिन् । जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउनुपर्ने र कामका सिलसिलामा पुरुष सहकर्मीहरूबाट समेत अलग हुनुपर्ने नियमहरू थोपर्न थाले तब ती २७ वर्षीया युवती जागिर छोड्न बाध्य भइन् ।

आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा उनले भनिन्, ‘’मैले तलब नपाएको हुनाले जागिर छोडेकी छु । काबुलको एक सडक बजारमा एएफपीसँग कुरा गर्दै उनले भनिन्, मलाई लगाइरहेको पोसाक नलागाउन, पुरुषहरूसँग काम नगर्न र महिलाहरूसँग मात्र काम गर्न आदेश दिन थालियो जुन चिकित्सा पेसामा सम्भव छैन, त्यसपछि म जागिर छाड्न बाध्य भएँ ।

अलिजादा जस्तै अफगानिस्तानका अन्य महिलाहरू अब तालिबानको अधिनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् । अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ, इन्धनको लागत बढेको छ र रोजगारीका अवसरसमेत साँघुरिदै गएका छन् । जटिलता थपिँदै गएका छन् । यस विषयमा संयुक्त राष्ट्र सङ्घले समेत चासो व्यक्त गर्दै भनेको छ, ‘खाद्यान्न अभाव, उच्च मुद्रास्फीति र मुद्रामा गिरावटको डरले मानवीय आपत्कालीन अवस्थातिर देश अगाडि बढेको छ ।’

परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवाहरू बन्द हुने अवस्थामा छन् । अन्तर्राष्ट्रिय सहायता कटौती हुँदैछ र बाह्य सहायतामा निर्भर गतिविधिहरू बन्द हुँदैछन् र महिलाहरू थप प्रताडित हुने अवस्था सिर्जना हुनसक्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP