आइतबार , भाद्र १४, २०८३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको बारेमा सत्ता पक्षले आफ्नो पोजिसन क्लियर गरेपछि मात्रै एमालेले त्यसबारे निर्णय लिने बताएका छन्।

बिहीबार एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससँगको भेटमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

एमसीसीबारे छलफल गर्न बिहीबार मात्रै नेपाल आइपुगेका सुमार र ब्रुक्सले बालकोट पुगेर ओलीसँग एमसीसीको समर्थन गर्न आग्रह गरेका थिए।

त्यसको जवाफमा ओलीले एमसीसीबारे सत्ता पक्षको पोजिसन हेरेर निर्णय लिने बताएको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले बताए।

भेटमा सहभागी भट्टराईले ओलीलाई उद्धृत गर्दै भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ। अहिले त्यसका लागि हामी जिम्मेवार होइनौँ। पहिला सत्ता पक्षले एमसीसीबारे आफ्नो पोजिसन क्लियर गरोस्। हामी त्यसपछि निर्णय लिन्छौँ।’

भेटमा ओलीले नेकपा एमाले अमेरिकासँगको स्वस्थ सम्बन्धको पक्षमा रहेको बताएका थिए। उनले एमसिसी उपाध्यक्ष सुमार तथा सहायक उपाध्यक्ष ब्रुक्सको नेपाल यात्रा सफल होस् भनी शुभकामना पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP