मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ २४ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि– तृतीया, रातको ०२ बजेर १६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– हस्त, बेलुकी ०५ बजेर १६ मिनेट उप्रान्त चित्रा । योग– शुक्ल, रातको १२ बजेर २४ मिनेट उप्रान्त ब्रम्ह । करण– तैतिल, दिउसो ०३ बजेर १३ मिनेट उप्रान्त गर, रातको ०२ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३१ घडी १३ पला । हरितालिका(तीज)व्रत, मन्वादि ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काममा अनायासै हस्तक्षेप गर्नेहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीले हरेक पाइलामा समर्थन पाइने योग रहेको छ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाब सिर्जन हुने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुकर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरू हुनेछन् भने पछि पश्चात्ताप हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सुन्दर तथा विलासी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) यात्रा गर्दा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
लित व्यवहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यवसायमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनु होला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) हतार गर्ने बानिले अनावश्यक विवादमा फस्ने योग रहेको छ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक सम्बन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्य बढेर जानेछ ।भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP