सोमबार , अषोज २६, २०८३

दुई वर्षअघि पैसा माग्न रेल स्टेसनमा गीत गाउँदै हिँड्ने भारतकी रानू मंडलको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकी थिइन्।

भिडिओले उनले लता मंगेशकरले गाएको ‘एक प्यारका नगमा है’ गीत सुनेर लाखौं उनको फ्यान बनेका थिए। त्यो चर्चापछि उनले बलिउड फिल्ममा गाउने अवसरसमेत पाइन्।

दुई गाँसको संघर्षका लागि भौतारिने उनलाई त्यसपछि संगीतकार तथा गायक हिमेश रेशमियासँग ‘तेरी मेरी’ बोलको गीत गाउने अवसर पाएकी थिइन्। ‘ह्याप्पी एन्ड हार्डी’ फिल्मको यो गीतपछि खासै गीत गाउने अवसर नपाएकी उनी फेरि भारतीय मिडियामा छाएकी छन्।

पश्चिम बंगाल, रानाघाटकी रानूको नाम उनको जीवनीमा आधारित फिल्म ‘मिस रानू मारिया’ बन्ने खबरसँगै चर्चामा आएको हो। केही समयदेखि फिल्मको मुख्य भूमिका निर्वाह गर्ने अभिनेत्रीको खोजी हालै सकिएको छ। स्टफ अननोन डटकमका अनुसार रानूको चरित्रमा वेब सिरिज ‘सेक्रेड गेम्स’ मा नवाजुद्दिन सिद्दिकीसँग काम गरिसकेकी अभिनेत्री इशिका डेले अभिनय गर्ने भएकी छन्।

इशिकाअघि धेरै अभिनेत्रीले रानूको जीवनीमा अभिनय गर्न अस्वीकार गरेका थिए।

‘मिस रानू मारिया’ सुरुमा बंगला भाषामा मात्र बनाउने तयारी गरिएको भए पनि अब हिन्दी भाषामा निर्माण हुने भएको हो। फिल्म ऋषिकेश मंडलले निर्देशन गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP